काठमाडौं । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा बाक्लो हिमपात भएको छ। आइतबार रातिबाट वर्षासँगै हिमपात भएको हो। राराको निकुञ्ज र ताल क्षेत्र वरपर हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
हिमपात भएपछि रारा क्षेत्रमा चिसो बढेको छ। रारा घुम्न आएका आन्तरिक पर्यटक हिउँमा रमाउन थालेका छन्।