काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो वर्षको नगद लाभांश वितरण गरेको छ । २०७९ साल फागुन ५ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो पटक गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंंसिर २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
बोनस शेयर दोस्रो बजारमा सूचीकृतपछि वितरण गर्ने कम्पनीले नगद लाभांश भने सम्बन्धित शेयधरनीहरुको बैंक खातामा जम्मा गरेको हो । मंसिर १६ गतेसम्म आफ्नो शेयर कायम गरेका सदस्यहरुले कम्पनीको यस वर्षको लाभांश पाएका हुन । आफ्नो लाभांश खातामा जम्मा भए नभएको एकिन गर्न समेत कम्पनीले भनेको छ । नगद लाभांश बैंक खातामानै जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका सदस्यहरुलाई यथासिघ्र गराई आफ्ना लाभांश लिनुहुन समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारामा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ १७ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५० करोड रुपैयाँको आधारमा ३० करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गर्ने जानकारी कम्पनीले दिएको छ ।