काठमाडौं । हुलास आइरन ईण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव गर्दै पुस २५ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते गणेशस्थान हामा अईरण बिल्डिङमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव स्वीकृत गर्दै त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । आईपीओ निष्काशपछि कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन गर्ने विषय पनि सभाका लागि तय भएको छ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।