काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) को प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छन् ।
सीडीएससीको पुस १४ गते बसेको सञ्चालक समिति बैठकले प्रबन्धक सञ्चालकमा नियुक्त गरिएको जानकारी सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार कम्पनीकी सञ्चालक समेत रहेकी पन्दाकलाई कम्पनीको प्रबन्ध सञ्चालकमा नियुक्त गरी प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी दिइएको छ ।
धितोपत्र कारोबारको राफसाफकर्ता यस कम्पनीकमा तीन महिनादेखि प्रमुख कार्यकारी पद खाली छ । कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि प्रबन्ध सञ्चालक पन्दाकले जिम्मेवारी सम्हाल्नेछिन् ।