काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको अध्यक्षमा सिताराम थपलियालाई सर्वसम्मत् चयन गरिएको छ ।
पुस १२ गते सम्पन्न वार्षिक साधारण सभाले गठन गरेको सञ्चालक समितिको बैठक सञ्चालक समितिको जेष्ठ सदस्य रमेश कुमार पोखरेलको अध्यक्षतामा बसी थपलियालाई सर्वसम्मत् अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । साथै सोही बैठकले स्वतन्त्र सञ्चालक दिलिप मुनंकर्मीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।
स्वतन्त्र सञ्चालक मुनंकर्मीले गत पुस १२ गते पदबाट राजीनामा दिएको जानकारी कम्पनीेले दिएको छ ।