एजेन्सी । आइतबार थाइल्याण्डको बैंककबाट आउँदै गरेको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएकोछ । विमानमा सवार १८१ जनामध्ये २८ जनाको दुर्घटनामा ज्यान गएको विदशे सञ्चारमाध्यमले जनाएका छन।
योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।
एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । विमान मुआन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा २८ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमान दुर्घटना नेपाली समय अनुसार बिहान ५ ः५७ बजे दक्षिण कोरियाको दक्षिण जेओलामा रहेको दक्षिण पश्चिम तटीय विमानस्थलमा भएको थियो।