शीर्षकहरू

नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेला

नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेला

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले शनिबार पोखराको पुरानो बजार गणेशटोल क्षेत्रमा नेवारी खानाहरुको परिकार चिनाउन यःमरी मेलाको आयोजना गर्दैछ । त्यस मेलाको आकर्षणको रुपमा नेवारी समुदायको महत्त्वपूर्ण खानाको रूपमा रहेको यःमरी रहनेछ ।

योमरी विशेष चामलको पिठोबाट बनाइएको परिकार हो । विभिन्न आकृतिमा भित्र चाकु, खुवा राखेर यःमरी बनाइन्छ । खासगरी जाडो महिनामा चिसोबाट बच्नको लागि यःमरी खाने गरिन्छ । ‘नेवाः संस्कृतिको पहिचानलाई जगेर्ना गर्दै आन्तरिक पर्यटन संरक्षणसँग जोड्न मेला आयोजना गर्न लागेका हौँ,’ वडाध्यक्ष देवकृष्ण पराजुलीले भने, ‘सुन्दा यःमरीलाई नेवार समुदायसँग जोडिन्छ । तर हामीले साझा चाडको रूपमा मनाउन लागेका हौँ ।’

नेवाः खलः कास्कीका अध्यक्ष अधोक पालिखेले राम्रोसंग सुचारु हुनसक्ने अवस्था सिर्जना भएमा यःमरी लगायतका नेवारी खाना काहने रेस्टुराँ संचालन गर्न सकिने बताए । यसैबीच यःमरी मेलाकोपूर्व तयारीका रुपमा आज पोखरामा एक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।