शीर्षकहरू

सिद्धार्थ व्यवस्थित लगानी योजना मंसिर मसान्तसम्म करिब १० करोड नाफामा

सिद्धार्थ व्यवस्थित लगानी योजना मंसिर मसान्तसम्म करिब १० करोड नाफामा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित खुलामुखी प्रकृतिको सिद्धार्थ व्यवस्थित लगानी योजना मंसिर मसान्तसम्म ९ करोड ७५ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ । कात्तिकको तुलनामा भने मंसिरमा योजनाको नाफा कम भएको हो ।

कात्तिक महिनामा योजनाले १३ करोड ८२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । कात्तिक मसान्तसम्म १४ करोड ५४ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको योजनाले ७२ लाख १३ हजार रुपैयाँभन्दा बढी खर्च गरेको थियो । मंसिर मसान्तसम्म भने १० करोड ६७ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको कम्पनीले ९१ लाख ३० हजार रुपैयाँभन्दा बढी खर्च गरेको छ ।

कात्तिकको तुलनामा मंसिरमा आम्दानी कम र खर्च बढी भएकाले नाफामा असर परेको हो । मंसिर मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ८८ पैसा छ । यो मूल्य कात्तिक मसान्तसम्म ११ रुपैयाँ २५ पैसा थियो । मंसिर मसान्तसम्म योजनोका खुद सम्पत्ति १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी कायम छ । योजनाको इकाई कुल ११ करोड २० लाख ९९ हजारभन्दा बढी यो अवधिसम्म कायम भएको छ । बैंक मुद्दती निक्षेपमा मंसिर मसान्तसम्म योजनाको लगानी रहेको छैन् । धितोपत्रमा मात्र रहेको लगानीको बजारमूल्य १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ ।

यस अवधिसम्म योजनाले धितोपत्रमा गरेको लगानीको लागत मूल्य भने धितोपत्र दलाल कमिसन सहित ९९ करोड ८० लाख रुपैयाँभन्दा बढी रहेको छ ।