शीर्षकहरू

भाटभटेनी मनी ट्रान्सफरसहित तीन वटा कम्पनी बन्द

भाटभटेनी मनी ट्रान्सफरसहित तीन वटा कम्पनी बन्द

काठमाडौं । तीनवटा रेमिट्यान्स कम्पनीको लाइसेन्स  नेपाल राष्ट्र बैंकले खारेज गरेको छ । राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरेनशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनी ट्रान्सफरको लाइसेन्स खारेज गरेको हो । 
 
राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्न इजाजतपत्र र्दिएका यी कम्पनीहरुले पालना नगरेकाले यी कम्पनीको अनुमति खारेज गरेको हो । तर, उनीहरुले लिएको इजाजतपत्र राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित)का आधारमा खारेज हुने देखिएको बताइएको छ ।

त्यस्तै, यी तीन कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।