काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विराटनगर महानगरपालिकालाई २ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका उक्त सहयोग प्रदान गरेको हो ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियालीसहित सडक सौन्दर्यकरण परियोजना अघि बढाइएको छ ।
विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच मेयर नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।