शीर्षकहरू

दुई डेन्टल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

दुई डेन्टल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । काठमाण्डौ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा काठमाण्डौ महानगरपालिका,वाड नं ०४, धुम्बाराही स्थित हिमाल डेन्टल हस्पीटल प्रा.लि.र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटल प्रा.लिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । 

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । सो छुट सेवा सुविधा  विभान्ता डेन्टल हस्पीटल प्रालि र हिमाल डेन्टल हस्पिटल प्रालिमा प्राप्त गर्न  सकिनेछ ।

उक्त सम्झौता¬–पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक  राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक  किशोर भट्ट तथा प्रभु बैंक लिका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाले संयुक्त हस्ताक्षर गरेका थिए ।