काठमाडौं । दार्चुला पावर लिमिटेडले प्रवर्द्र्धन गरेको २८.३०५ मेगावाटको मध्ये चमेलिया जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो ।
अपि पावरले उक्त आयोजना निर्माणका लािग आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१.५८२ प्रतिशतले हुन आउने ७३ करोड लगानी गर्ने भएको हो । अपि पावर सञ्चालक समितिको हिजो बसेको बैठकले उक्त आयोजनामा बहुमत शेयर कायम गर्ने निर्णय गरेको कम्पनीले जनाएका छन् ।