काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनका लागि पुस ७ गतेदेखि निष्कासन गरेको इकाई आजसम्म मात्र निष्कासनमा रहने भएको छ । क्यापिटलले आफ्नै व्यवस्थापनमा गरिमा समृद्धि योजना नामको योजना सञ्चालन गर्न लागेको हो । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई क्यापिटलले निष्कासन गरेको हो ।
पुस ११ गते विहान १० बजेसम्म ९८ हजार ४९७ जनाले ११ करोड ३३ लाख ७ हजार ५२० इकाई खरीद आवेदन दिएका छन् । यो इकाईमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाइ माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । इकाई निष्कासन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेड रहेको छ ।
१० वर्ष अवधिको बन्दमुखी प्रकृतिको यस इकाईमा आवेदन दिनका लागि मेरो शेयर अनलाईनसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ ।