काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यसदिन तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँ कारोबार भैरहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भैरहेको छ ।