काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौ.मा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले यस अघि पनि गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभा मार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । पुनः आईपीओको प्रस्ताव सहित कम्पनीले वार्षिक साधारण सभा गर्न लागेका हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई लिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।