काठमाडौँ । बुधबार नेपाली नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यसदिन सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ ।
मंगलबार सुन तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।