शीर्षकहरू

तमु ल्होसारका अवसरमा काठमाडौँमा महोत्सव हुने

तमु ल्होसारका अवसरमा काठमाडौँमा महोत्सव हुने

काठमाडौँ । तमु ल्होसारका अवसरमा काठमाडौँमा तीन दिने महोत्सव हुने भएको छ । राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा आगामी पुस १३, १४ र १५ गते काठमाडौँको टुँडिखेलमा महोत्सव आयोजना गर्न लागिएको आयोजक तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद तमू ल्होसार मूल आयोजक समितिले जनाएको छ ।

काठमाडौँ उपत्यकामा तमू (गुरुङ) जातिहरुको बसोबास बढ्दो गतिमा भैरहेकाले गुरुङ संस्कृतिमा आधारित लोक दोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता गरी प्रत्येक वर्ष मनाउँदै आएको छ ।

यस वर्ष राष्ट्रपति र प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा गुरुङ अग्रज व्यक्तित्वहरुको समुपस्थिति र काठमाडौं उपत्यकामा रहेका संघ संस्थाहरु एकै स्थानमा भेला भइ महोत्सव मनाउन लागिएको प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले जनाएको छ ।

कार्यक्रम आयोजनाको लागि तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद काठमाडौं उपत्यका प्रमुखको संयोजकत्वमा एक सचिवालय र त्यस अन्तरगत करिब २२ वटा उपसमितिहरु गठन गरी कार्यविभाजन गरेको छ । कार्यक्रमलाई मुख्य प्रायोजन जाउलाखेल ग्रुफ अफ इण्डष्ट्रिजले गरेको छ । करिब सयको संख्य व्यवसायिक स्टलहरु र सचिवालय लगायत बीस वटा जति स्टलहरु महोत्सवमा विज्ञप्तिमा भनिएको छ ।

अघिल्लो वर्ष महोत्सव अवधिमा मात्रै ३ करोड भन्दा माथिको कारोबार भएको बताउँदै विज्ञप्तिमा यस महोत्सवले आर्थिक गतिविधि चलायमान हुने बताइएको छ ।

तमू ल्होसार मूल आयोजक समिति २०८१ का अनुसार १४ पुसमा टुँडिखेलमा विभिन्न खेलकुद प्रतियोगिता, तीनै दिन लोक दोहोरी गीत प्रतियोगिता र १५ गते औपचारिक कार्यक्रम हुनेछ ।