शीर्षकहरू

सेयर बजार १४.११ अंकले बढ्यो

सेयर बजार १४.११ अंकले बढ्यो

काठमाडौँ ।आज  सेयर बजार १४.११ अंकले बढी २६२६ अंकमा पुगेको छ । त्यस्तै , कारोबार रकममा पनि  अघिल्लो दिन तुलनामा  ४ अर्ब ४३ करोड रुपियाले वृद्धि भई  ४ अर्ब ४३ करोड रुपिया पुग्यो।  उत्पादन र व्यापार समूह क्रमश:   २.३२ प्रतिशत र  ०.४५ प्रतिशतले घटे पनि अन्य  सबै समूह बढे।

 विकास बैंक सबैभन्दा धेरै १.७५ प्रतिशतले वृद्धि भयो भने   बैंकिङ ०.७६, फाइनान्स १.६२, र  होटल तथा पर्यटन ०.९४  प्रतिशतले बढ्यो।  यसैगरी , हाइड्रोपावर ०.७१, लगानी ०.९६, जीवन बीमा ०.२८, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.५६ र अन्य ०.४९ प्रतिशतले  बढे ।

आज आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदायिक लघुवित्तको मूल्य सबै भन्दा बढी १० प्रतिशतका दरले बढ्यो। यस्तै, सपोर्ट माइक्रोफाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।

 जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।  कम्पनीको प्रतिकित्ता मूल्य ९०८ रूपैयाँमा २० करोड ७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।