काठमाडौँ । इसाइ धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस विश्वभर मनाइँदै छ । क्रिसमसको अघिल्लो साँझ आज विश्वभरका क्रिस्चियनहरूले क्रिसमस इभ गरेर मनाउँदैछन् ।
पछिल्लो समय नेपालमा पनि क्रिसमस लोकप्रिय बन्दै गएको छ । काठमाडौँका विभिन्न शपिङ कम्प्लेक्सदेखि व्यावसायिक स्थानमा क्रिसमस इभ धूमधामले मनाइँदैछ ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अर्थात् जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइनने गर्छन् । यो २५ डिसेम्बरमा पर्छ । यस दिन विश्वका धेरै देशमा सार्वजनिक विदा दिइन्छ। क्रिसमसदेखि १२ दिनको उत्सव क्रिसमसटाइडको रुपमा पनि मनाइन्छ ।