काठमाडौं । प्रमु स्मार्ट फण्डले मंसिर मसान्तसम्म धितोपत्रमा गरेको लगानी रकम १ अर्ब २ करोड ५६ लाख रुपैयाँभन्दा बढी रहेको छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी छ ।
यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा लगानी गरेको देखिदैन । बैंक मौज्दात रकम भने २ करोड ८ लाख रुपैयाँभन्दा बढी छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो । कात्तिक मसान्तसम्म प्रति इकाई खुद मूल्य १२ रुपैयाँ ५८ पैसा रहेकोमा मंसिर मसान्तसम्म यो मूल्य १२ रुपैयाँ ११ पैसा कायम भएको छ । यस अवधिसम्म योजनाको खुद सम्पत्ति १ अर्ब २१ करोड रुपैयाँभन्दा बढी छ । कात्तिकको तुलनामा मंसिरमा योजनाको नाफामा समेत कमि आएको छ ।
कात्तिक मसान्तसम्म १९ करोड ११ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले मंसिर मसान्तसम्म भने १४ करोड ३७ लाख रुपैयाँभन्दा बढी मात्र नाफा गरेको हो । मंसिरमा योजनाको जम्मा आम्दानी १५ करोड ३६ लाख रुपैयाँभन्दा बढी भएकोमा जम्मा खर्च ९८ लाख ८१ हजार रुपैयाँभन्दा बढी भएको छ । कात्तिक मसान्तसम्म योजनाको जम्मा आम्दानी १९ करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेकोमा जम्मा खर्च ८० करोड ४६ लाख रुपैयाँभन्दा बढी भएको थियो । मंसिरमा आम्दानी घटेको र खर्च बढेकाले योजनाको नाफामा असर परेको हो ।