काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस ८ गते रोक्का गरेको आत्मनिर्भर लघुवित्तको शेयर कारोबार पुस ९ गते फुकुवा गरेको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तोकिएको अवधिभित्र नेप्सेलाई उपलब्ध नगराएका भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । पुस ८ गतेनै कम्पनीले आगामी दिनमा धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्था पूर्ण रुपमा कार्यान्वय गर्ने प्रतिवद्धता सहित कारोबार फुकुवाका लागि अनुरोध गरेसँगै नेप्सेले पुस ९ गतेदेखि कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
नेप्सेले धितोपत्र सूचीकरण सम्बन्धी सम्झौतका शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै सूचीकरण स्थगत फुकुवा गरिएको जानकारी दिएको छ ।