काठमाडौँ । भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्षको ४ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।
गत असोज १६ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको उक्त लाभांश नेप्सेमा सूचीकृत पछि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो । पुस २ गतेदेखि बोनस शेयर जम्मा गरिसकिएकाले आफ्नो खातामा शेयर जम्मा भए नभएको एकिन गर्न समेत कम्पनीको अनुरोध गरेको छ ।
हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुको बोनस शेयर भने शेयर अभौतिकीकरणपछि स्वतः जम्मा हुने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।