काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोरप्रसाद अर्याल डीपीलाई दिइएको छ । सोमबार बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
गत कात्तिक २ गते सभापति रवि लामिछाने सहकारी रकम अपचलनमा पक्राउ परेपछि त्यसयता अर्यालले नै अघोषित रुपमा कार्यवाहकको रुपमा काम गरिरहेका थिए ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित तीन कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै लामिछाने स्वत: निलम्बनमा पर्ने भएका छन् ।