शीर्षकहरू

हुम्लाको टेलिकम टावरमाथि क्षति

हुम्लाको टेलिकम टावरमाथि क्षति

काठमाडौं ।  हुम्ला जिल्लामा रहेका नेपाल टेलिकमका टावरहरुमा अनधिकृत रुपमा केही समूहबाट अवाञ्छित क्रियाकलाप गरी क्षति पु¥याएको प्रति टेलिकमले विरोध गरेको छ ।  

सर्केगाड गाउँपालिका–०५ स्थित बरै माइक्रो वीटीएसमा पौष ४ गते सोलार प्यानल, टेलिकमका उपकरणहरु तथा अर्थिंङ केवलमा क्षति पुगेको टेलिकमले जनाएको छ । 

सार्वजनिक महत्वका सरकारी सम्पतिमा क्षति पु¥याउने र सर्वसाधारणको अविछिन्न सञ्चार सेवा उपभोग गर्न पाउने अधिकारमाथि आघात पुग्ने किसिमका गतिविधिहरु नगर्न र नगराउनुहुन समेत नेपाल टेलिकम  सबैमा  अनुरोध गरेको छ ।