शीर्षकहरू

सानिमा इक्विटी फण्ड पुस १० गतेदेखि परिपक्व हुदैं

सानिमा इक्विटी फण्ड पुस १० गतेदेखि परिपक्व हुदैं

काठमाडमौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्विटी फण्ड पुस १० गतेदेखि परिपक्व हुने भएको छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले २०७४ साल प’स ११ गते सर्वसाधारणमा इकाई बाँडफाँट गरेको थियो ।

यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७४ साल कात्तिक २७ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । यस योजना सञ्चालनका लागि १३ करोड इकाई जारी गरिएको थियो । योजना परिपक्व हुने भएसँगै दोस्रो बजारमा रहेको कम्पनीको इकाई सूचीकरण खारेजी हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस ८ गतेदेखि लागू हुने गरी योजनाको इकाई सूचीकरण खारेज गरेको जानकारी दिएको छ ।

कात्तिक मसान्तसम्म यस योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको खुद सम्पत्ति भने १ अर्ब ५२ करोड ५८ लाख ५३ हजार रुपैयाँभन्दा बढी छ । कात्तिक मसान्तसम्म योजना २१ करोड ९१ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ ।