काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनसम्बन्धी प्रस्ताव संशोधन गरेको छ । यसअघि २०८० साल चैत ३० गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट कम्पनीले २ बराबर १ को अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।
आगामी १७ औं वार्षिक साधारण सभाबाट कम्पनीले उक्त शेयर निष्काशन अनुपातमा पुनरावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट स्वीकृत भएपछि कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब २० करोड रुपैयाँ छ । सोही पूँजीको आधारमा ३ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय कम्पनीले गरेको हो ।