शीर्षकहरू

आईसीएफसी फाइनान्सको प्रस्तावित ५.२६ प्रतिशत लाभांश पुस २९ गते पारित हुने

आईसीएफसी फाइनान्सको प्रस्तावित ५.२६ प्रतिशत लाभांश पुस २९ गते पारित हुने

काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २९ गते २१औं वार्षिक साधारण सभा बोलाएको छ ।

बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीका आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावलाई समेत कम्पनीले सभामार्फत अन्तिम स्वीकृति प्रदान गर्नेछ । संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ ।

बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।