काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन २८.९१ अंकले बढेर बजार दुई हजार ६१२.२० अंकमा बन्द भएको छ ।
बजार पर्ख र हेरको अवस्थामा छ । नेप्से घट्ने क्रममा यो साताको पहिलो कारोबार दिन आइतबार १३.५३ अंकले घटेकोमा सोमबार भने बढेको हो । अघिल्लो साता २६८२.२९ विन्दुबाट ३.१९ प्रतिशत अर्थात् ८५.४७ अंकले घटेर २५९६.८२ विन्दुमा बन्द भएको बजार भएको थियो ।
बजार पर्ख र हेरको अवस्थामा भएकाले पछिल्लो समय लगानीकर्ताको उत्साह नदेखिएकोमा आज पनि नेप्से बढ्दा समेत लगानीकर्तामा उत्साह देखिएन । यसदिन पनि कारोबार रकम घटेको छ ।
आइतबार ४ अर्ब ५१ करोडको शेयर कारोबार भएकोमा आज ४ अर्ब ४३ करोड रुपैयाँको ८९ लाख ८ हजार ८५१ कित्ता शेयर खरिदबिक्री भएको छ ।