काठमाडौं । नेपालको एक मात्र धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते ४३औं वार्षिक साधारण सभा बोलाएको छ ।
पुस ६ गते बसेको नेप्सेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय शान्तिमार्ग, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु स्वीकृत गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष ७५ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव पनि नेप्सेले गरेको छ ।
हाल १ अर्ब चुक्तापूँजी रहेको नेप्सेले ७५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । सो प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।