काठमाडौँ । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगञ्ज, पर्सामा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्काशन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । सञ्चालक समितिको निर्वाचन र पारिश्रमिक, भत्ता र सुविधाका सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्गो लगाउनेछ ।