शीर्षकहरू

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर २०२४’ सम्पन्न

ह्वावे नेपालको ‘सिड्स फर द फ्युचर २०२४’ सम्पन्न

काठमाडौँ । ह्वावे नेपालले यस वर्षको 'सीड्स फर द फ्युचर २०२४' कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित आईसीटी विषयअन्तर्गत विद्यार्थीलक्षित ग्लोबल फ्ल्यागसीप सीएसआर कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पछिल्ला प्रवृत्तिहरू र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । 

'सीड्स फर द फ्युचर २०२४' को उद्देश्य नेपालका युवाहरूलाई आईसीटी शिक्षा र नवप्रवर्तन मार्फत सशक्त बनाउनु रहेको कम्पनीले जनाएको छ। कार्यक्रमको उद्घाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।कार्यक्रममा अन्य सरकारी अधिकारीहरू, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरु तथा विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
 
नेपालको डिजिटल रूपान्तरणमा ह्वावे नेपालको योगदानको २५ वर्ष पूरा भएकोमा अवसरले पनि विशेष महत्व राखेको छ । बितेको २५ वर्षमा, ह्वावेले देशको प्राविधिक परिदृश्यलाई आकार दिन, दूरसञ्चार पूर्वाधारको उन्नतिदेखि आइसीटी समाधानहरूमा नवप्रवर्तन गर्नको लागि महत्त्वपूर्ण भूमिका खेलेको कार्यक्रममा कम्पनीले जनाएको थियो । प्रदर्शनी केन्द्रको उद्घाटन ह्वावेको नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक नेताहरूको नयाँ पुस्ताका लागि प्लेटफर्म उपलब्ध गराउने रहेको छ ।

सञ्चार र सूचना प्रविधिमन्त्रीगुरुङले भने, हुवावेले युवाहरूको लागि एउटा प्लेटफर्म सिर्जना गरेको देख्दा प्रेरणा मिल्ने बताएका थिए । नेपालका सामाजिक र आर्थिक वृद्धिमा महत्वपूर्ण प्रभाव पार्न सक्ने नवप्रवर्तनात्मक समाधानहरू विकास गर्न प्रोत्साहित गरेको उनको भनाइ थियो।