शीर्षकहरू

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

एनपिएलः विजेतालाई एक करोड दश लाख, उपविजेतालाई ५१ लाख प्रदान

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जित्ने जनकपुर बोल्ट्सले ट्रफिसहित एक करोड दश लाख रुपैयाँ प्राप्त गरेको छ । आज यहाँ भएकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणकोे एनपिएलको उपाधि जितेको हो । 

फाइनल खेलपछि आयोेजित पुरस्कार वितरण कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेपाल क्रिकेट सङ्घ (क्यानका) अध्यक्ष चतुरबहादुर चन्दले संयुक्त रुपमा एक करोड दश लाख रुपैयाँको चेक जनकपुरका कप्तान तथा खेलाडी आशिफ शेख र अनिल शाहलाई प्रदान गरेका हुन । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उपविजेता टोली सुदूरपश्चिम रोयल्सलाई ५१ लाख रुपैयाँ प्रदान गर्नुभयो । तेस्रो हुने कर्णाली याक्स र चौथो हुने टोली चितवन राइनोजले क्रमशः  २५ लाख र १५ लाख रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो र चौथो हुने टोलीलाई गृहमन्त्री रमेश लेखक र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेक हस्तारण गरे ।