काठमाडौँ । काठमाडौँ महानगरपालिका अनामनगरस्थित अस्थायी कबाडी टहरामा डोजर चलाएको छ । खाली सिसी, टुटेफुटेका सामान, कागज, फलाम संकलन गर्ने उक्त कबाडी टहरामा शुक्रबार बिहान महानगरले डोजर चलाएको हो ।
कबाडी टहरा चलाएर बसिरहेका संकलकहरू खाना पकाएर खाने तयारी गरिरहँदा महानगरले डोजर चलाएको हो ।
यसअघि नै उक्त टहरा भत्काउन सूचना दिए पनि नभत्काएपछि बल प्रयोग गरेर हटाइएको महानगर प्रहरीले जनाएको छ ।