काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ पछि लाभांश वितरण गरेको छैन् । त्यस अघिका वर्ष कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको थियो ।
आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट भने कम्पनीले ८ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशलमव ४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो कम्पनीको वितरणयोग्य मुनाफा २३ करोड ३९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।