काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते ११औं वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वेष्टर्न एसियन होटल , बुटवल, रुपन्देहीमा विहान ९ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गनुृका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लािग शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले उक्त प्रस्तावलाई सभामार्फत अन्तिम स्वीकृति प्रदान गर्नेछ । संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँबाट १ अर्ब २५ करोड रुपैयाँ पु¥याउने जारी तथा चुक्तापूँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँबाट बृद्धि गरी १ अर्ब ३ करोड ४० लाख ६४ हजार पु¥याउने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत गरेको कम्पनीले यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गराउनेछ । यो सभा प्रयोजनका लागि कम्पनलिे पुस ११ गते एक दिन बुक क्लोज गर्दैछ । पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।