काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुल फण्ड सञ्चालनका लागि मंसिर २० गतेदेखि २५ गतेसम्म निष्कासन गरेको इकाई बाँडफाँट गरेको छ । क्यापिटलले तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन पर्न आएकाले प्रचलित कानून बमोजिम योजनाको आकारमा २५ प्रतिशत थप गरी इकाई बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी योजना सञ्चालन गर्न लागिएको हो ।
थप गरीएको इकाई समेत योजनाको आकार १ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ । तोकिएको अवभित्र प्राप्त आवेदनमध्ये योग्य आवेदकहरुमा पुस ४ गते इकाई बाँडफाँट गरिएको जानकारी क्यापिटलले दिएको छ । इकाई बाँडफाँटमा नपरेको इकाई वापत्को रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गर्न समेत क्यापिटलले आस्बा सदस्यहरुमा आग्रह गरेको छ ।