काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो ।
यस कार्डलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको खेल समाप्ति पछि सोही मञ्चबाट बैंकका प्रमुख कार्यकारी अधिकृत, सुन्दर प्रसाद कडेलद्वारा सार्वजनिक गरिएको छ ।
यो कार्ड प्रयोग गर्ने ग्राहकले पाउने सुविधाहरु निम्नानुसार रहेको बैंकले जनाएको छ :
१ प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटक सम्म एयरपोर्टमा निःशुल्क प्रवेश प्राप्त गर्न सक्नेछन् ।
२ ग्राहकहरुले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढि ग्लय मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट पाप्त गर्न सक्नुहुनेछ ।
३ यो कार्ड एचष्यचष्तथ बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने गा्रहकहरुले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् ।
४ प्लाटिनम क्रेडिट कार्ड नेपाल, भूटान र भारतमा प्रयोग गर्न सकिनेछ ।
५ उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरुलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।