शीर्षकहरू

नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपबाट सीआरएन नम्बर र शेयर आवेदन सेवा

नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपबाट सीआरएन नम्बर र शेयर आवेदन सेवा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुमतिपश्चात् नेपालमै पहिलोपटक सिटिजन्स मोबाइल बैंकिङ यापमार्फत नै 'शेयर आवेदन र सीआरएन नम्बर' सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।

सिटिजन्स मोबाइल बैंकिङ यापमार्फत ग्राहकहरूले सिधै आईपीओ/एफपीओ/राइट शेयरका लागि आवेदन दिन सक्नुका साथ सीआरएन नम्बरको लागिसमेत आवेदन दिन सक्ने बैंकले जनाएको छ । कारोवार सफलताको जानकारी ग्राहकले रियल टाइम मा नै प्राप्त गर्ने बताइएको छ ।

आईपीओ/एफपीओ/राइट शेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सन को रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्धतापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगइ सहज र झंझट मुक्त सुविधा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।

यसले ग्राहकहरूलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न ठूलो भूमिका खेल्नेछ बैंक विज्ञप्तिमा उल्लेख गरेको छ ।