शीर्षकहरू

कर्पोरेट डेभलपमेन्ट बैंकले यस वर्ष पनि लगानीकर्ताको हात खाली राख्ने

कर्पोरेट डेभलपमेन्ट बैंकले यस वर्ष पनि  लगानीकर्ताको हात खाली राख्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल सम्मको इतिहासमा कम्पनीले एक वर्ष मात्र लाभांश वितरण गरेको अवस्था छ ।

पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभाबाट पारित गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।