शीर्षकहरू

१२ प्रतिशत लाभांश प्रस्तावसहित चिलिमे जलविद्युत आह्वान गर्‍यो साधारणसभा

१२ प्रतिशत लाभांश प्रस्तावसहित चिलिमे जलविद्युत आह्वान गर्‍यो साधारणसभा

काठमाडौं । गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडले यस वर्ष १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

गत वर्ष १० प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर समेत २ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते विहान ११ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा २८औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

पुस १५ गते सार्वजनिक विदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।