शीर्षकहरू

गणपति लघुवित्तका लगानीकर्ता तेस्रो वर्ष पनि हात खाली हुने अवस्थामा

गणपति लघुवित्तका लगानीकर्ता तेस्रो वर्ष पनि हात खाली हुने अवस्थामा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुको हात तेस्रो वर्ष पनि खाली हुने देखिएको छ । पुस ३ गते दिउँसो ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । पछिल्लो आर्थिक वर्ष २०७७/७८ पछि कम्पनीले लाभांश वितरण गरेको छैन् । त्यस अघिका तीन आर्थिक वर्ष भने कम्पनीले निरन्तर लाभांश वितरण गरेको अवस्था छ । 

आर्थिक वर्ष २०७५/७६ मा ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६ प्रतिशत नगद लाभांश , आर्थिक वर्ष २०७६/७७ मा १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७७/७८ मा १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश तिवरण गरेको तथ्याङ्क रहेको छ । लाभांश प्रस्ताव नगरेको कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभाबाट पारित गराउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिने निर्णय भने गरेको छ ।

 हाल कम्पनीको चुक्तापूँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ३ करोड ४७ लाख रुपैयाँभन्दा बढी कायम छ । सो अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ३ लाख ४६ हजार रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।