शीर्षकहरू

भारतका फरार अर्बपतिको सम्पत्ति जफत

भारतका फरार अर्बपतिको सम्पत्ति जफत

एजेन्सी । देशको सार्वजनिक क्षेत्र बैंकहरू पञ्जाव बैंकले भगोड़ा व्यापारी विजय माल्याको सम्पत्ति १४,१३१.६० करोड रुपैयाँ भारु, फरार हीरा व्यापारी नीरव मोदीबाट१,०५२.५८ करोड रुपैयाँ भारु र मेहुल चोक्सी र अन्यबाट २,५६५.९० करोड रुपैयाँ भारुको सम्पत्ति बरामद गरेको छ।

वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार लोकसभामा यो जानकारी गराए अनुसार केही ठूला केसहरूबाट मात्र कुल २२,२८० करोड रुपैयाँ  भारुबरामद गरेको छ। किंगफिसर एयरलाइन्ससँग सम्बन्धित आर्थिक अनियमितताको आरोपमा व्यापारी र पूर्व सांसद विजय माल्या सन् २०१६ मा भारतबाट बेलायत भागेका थिए। ५ जनवरी २०१९ मा विजय माल्यालाई फरार घोषित गरिएको थियो। माल्याविरुद्ध ठगी र मनी लान्ड्रिङका मुद्दाहरू विचाराधीन छन्। भारत सरकारले उनलाई स्वदेश फर्काउने प्रयास गरिरहेको छ ।

गीताञ्जली जेम्सका पूर्व अध्यक्ष मेहुल चोक्सी र नीरव मोदीमाथि मुम्बईस्थित पञ्जाब नेशनल बैंकको ब्राडी हाउस शाखामा १४ हजार करोडभन्दा बढीको घोटाला गरेको आरोप छ। बैंकका अधिकारीहरूसँग मिलेर सन् २०११ र २०१८ का बीचमा नक्कली लेटर अफ अंडरटेकिङ्स (एलओयू) मार्फत विदेशी खातामा रकम पठाइएको थियो। 

मेहुल चोक्सी जनवरी २०१८ मा विदेश फरार भएका थिए । पछि उनले सन् २०१७ मा नै एन्टिगुवा बार्बुडाको नागरिकता लिएको खुलासा भएको थियो । यस घोटालाको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान ब्यूरो  र प्रवर्तन निर्देशनालय ९ईडी० जस्ता एजेन्सीहरूले चोक्सीलाई सुपुर्दगी गर्न खोजिरहेका छन्। मेहुल चोक्सीले स्वास्थ्य खराब भएको भन्दै भारतमा उपस्थित हुन अस्वीकार गरेका छन् । कहिलेकाहीँ उनको उपस्थिति भिडियो कन्फरेन्सबाट मात्र हुन्छ। भारतमा पनि उनको धेरै सम्पत्ति जफत गरिएको छ ।