शीर्षकहरू

आइएमई पे एपबाट आइइएलटीएस टेस्टको शुल्कमा दुई हजार छुट

आइएमई पे एपबाट आइइएलटीएस टेस्टको शुल्कमा दुई हजार छुट


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ूआइएमई पेूले आइइएलटीएस टेस्टको शुल्क भुक्तानीमा एक हजार रुपैयाँ छुट दिने भएको छ । सो  सुविधालाई अझ  परिस्कृत  गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले आइइएलटीएस टेस्ट शुल्कमा फ्ल्याट दुई हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।  सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार एक हजार रुपैयाँ छुट सुबिधा निरन्तर चलिरहने छ  । 
  
यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो आइइएलटीएस परिक्षा शुल्क सहजै तिर्न सकिने कम्पनीले जनाएको छ ।  प्रयोगकर्ताहरुले आइइएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट,  आइइएलटीएस UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी गर्न सकिने छ ।