शीर्षकहरू

ग्रीन डेभलपमेन्ट बैंकले प्रस्ताव गर्‍यो लाभांश, बोनससँगै नगद पनि

ग्रीन डेभलपमेन्ट बैंकले प्रस्ताव गर्‍यो लाभांश, बोनससँगै नगद पनि

काठमाडौँ । ग्रीन डेमलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून् दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगरेको यस कम्पनीले यो वर्ष भने लाभांश वितरण गर्ने भएको हो । हाल कम्पनीको चुक्तापुँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँ छ । हालसम्मको लाभांश वितरणको इतिहासमा यस अघि कम्पनीले दुई आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ र २०७८/७९ मा समान अनुपातमा कम्पनीले ३ दशमलव ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव २ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अघिल्ला दुई आर्थिक वर्षभन्दा कम्पनीले बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।