काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले पुस २७ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौं व्याङक्वेट, थापागाउँ, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०÷८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार रुपैयाँ रहेको छ । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो । यस कम्पनीले सर्वसाधारणका लागि २०८० साल साउन ७ गते आईपीओ बाँडफाँट गरेको थियो । उल्लेखित प्रस्तावसँगै संस्थापक समूहका पाँच जना सञ्चालकहरु निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।
स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयधरनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।