काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले 'सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार' भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहनेछ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने बैंकले जनाएको छ । यस आकर्षक योजनामा सहभागी हुनको लागी ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्नेछन् ।
अधिक्तम २ करोड सम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको बैंकले जनाएको छ । साथै पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको बताइएको छ ।