शीर्षकहरू

रविविरुद्ध आठौँपटक म्याद थप, चार दिन हिरासतमा राख्न अनुमति

रविविरुद्ध आठौँपटक म्याद थप, चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन अध्ययनका लागि समय लाग्ने भएकोले आज थप ४ दिनको म्याद थपका लागि उनलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रहरीले निजमाथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

६१ दिनदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध सम्भवतः आज अन्तिम पटक म्याद थपिएको हो । पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दैछ । उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको हो ।