काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रस्तावित लाभांश पुस २४ गते पारित गर्ने भएको छ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौंमा विहान १० बजे १३औं वार्षिक साधारण सभामार्फत प्रस्तावित लाभांश पारित गर्न लागेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर समेत ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । गत वर्ष कम्पनीले कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
संस्थापक समूह अन्तर्गतका अन्य संस्थापक शेयरधनीमध्येबाट एक जना सञ्चालक निर्वाचनको कार्याक्रम समेत सभाका लागि तय भएको छ । सामाजीक उत्तरदायित्व बहन गर्ने क्रममा भएको १० लाख रुपैयाँ खर्चलाई पनि सभाले अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।