शीर्षकहरू

लक्ष्मी सनराइज बैंकले पुस २४ गते बोलायो साधारण सभा, ५.२६ प्रतिशत लाभांश प्रस्ताव

लक्ष्मी सनराइज बैंकले पुस २४ गते बोलायो साधारण सभा, ५.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले पुस २४ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ ।

पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।