काठमाडौं । हिमालयन बैंक लिमिटेडले दोस्रो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिको वर्ष भने कम्पनीले लाभांश वितरण गरेको छैन । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय पनि कम्पनीले गरेको छ ।